Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले माग्यो माफी

फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले माग्यो माफी

  • बुधवार, माघ ४ २०७९

  • 757
    SHARES

  • फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले माग्यो माफी
    काठमाडौं । मंगलबार(हिजो) फोन कलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ।  हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको थियो।
     
    तर उक्त समस्या कम्पनीका प्राविधिकहरूबाट तत्काल समाधान भएको थियो। समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकहरूलाई असहज भएको भन्दै टेलिकमले माफी मागेको हो। 
     
    भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्बाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।
     
    टेलिकमले एक विज्ञप्ति निकाल्दै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरूमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहकहरूमा अनुरोध गरेको छ ।


    बुधवार, माघ ४ २०७९०५:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij