काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५४६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ६८३ नमुनामा भने संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर ४ जना संक्रमणमुक्त्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको छ ।