Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश हुँदै

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश हुँदै

  • बिहिवार, पौष २८ २०७९

  • 1.7K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश हुँदै
    काठमाडौं । नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ। 
     
    लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतले उनलाई प्रारम्भिक प्रमाणका आधारमा बलात्कारको आरोपमा थुनामा पठाएको थियो । 
     
    लामिछानेको निवेदन न्यायाधीशद्वय धुव्रराज नन्द र रमेश ढकालको इजलासमा पेसी थियो। १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीपछि लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।
     
    उक्त मुद्दामा पुर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए ।


    बिहिवार, पौष २८ २०७९०५:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij