Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

घट्ने भयो माघ महिनामा निक्षेपको ब्याजदर

घट्ने भयो माघ महिनामा निक्षेपको ब्याजदर

  • बिहिवार, पौष २८ २०७९

  • 333
    SHARES

  • घट्ने भयो माघ महिनामा निक्षेपको ब्याजदर

    काठमाडौँ । वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन्। पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

    बैंकर्स संघको बैठकले नै माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशित गर्ने पनि निर्णय गरेको छ। त्यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।

    पुसमा बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन्।

    वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएपछि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर घटाएपछि विकास बैंक र वित्तीय कम्पनीले पनि घटाउने सम्भावना छ ।


    बिहिवार, पौष २८ २०७९०२:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij