काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीसमक्ष एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा एमाले सांसद रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न बुधबार(आज) साँझ ५ बजेसम्मको समय दिनुभएको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद पुगेका हुन् । प्रदेश सभामा एमाले तेस्रो ठुलो दल हो ।