काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुग्नुभएको हो । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
देउवाले आज साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि भोली विहान संसदीय दलको बैठक बोलाएको छ ।