Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से चालु आर्थिक वर्ष लागेपछिकै उच्च बिन्दुमा

नेप्से चालु आर्थिक वर्ष लागेपछिकै उच्च बिन्दुमा

  • सोमवार, पौष २५ २०७९

  • 355
    SHARES

  • नेप्से चालु आर्थिक वर्ष लागेपछिकै उच्च बिन्दुमा

    काठमाडौं । नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से आज त्यसयताकै उच्च बिदुमा पुगेको हो ।

    साताको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

    निक्षेपमा वृद्धि भएपनि बैंकमा लगानी गर्ने विश्वासिलो वातावरण नभएको भन्दै कर्जा लगानी हुँदा बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीतिगत दर घटाउन लगातार दबाब दिंदै गर्दा माघदेखि निक्षेपको ब्याजदर पनि घट्ने अपेक्षा लगानीकर्ताले लिएका छन् । तरलता सहज बन्दै गएको र ब्याजदर घट्ने अपेक्षा तथा चालुपूँजी कर्जा मागर्दशर्नमा भएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढेको छ ।

    आज नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।

     


    सोमवार, पौष २५ २०७९०४:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij