काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई ‘आजै बधाई दिन चाहन्छु’ भन्दै बधाई दिनुभएको थियो । उहाँले देशमा विभिन्न समस्या रहेको भन्दै चुनौती रहेको विषय प्रधानमन्त्रीलाई स्मरण गराउनुभएको थियो ।
उहाँले देशले नयाँ परिवर्तन खोजेको बताउनुभयो।