काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश १ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
सोमबार (आज) बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।