Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नकारात्मक टिप्पणी गर्नेमाथि गायिका समिक्षाको खबरदारीः देशमा साइबर अपराधको कानुन पनि छ भन्ने याद गनुस्

नकारात्मक टिप्पणी गर्नेमाथि गायिका समिक्षाको खबरदारीः देशमा साइबर अपराधको कानुन पनि छ भन्ने याद गनुस्

  • आइतवार, पौष २४ २०७९

  • 634
    SHARES

  • नकारात्मक टिप्पणी गर्नेमाथि गायिका समिक्षाको खबरदारीः देशमा साइबर अपराधको कानुन पनि छ भन्ने याद गनुस्

    काठमाडौं । गायिका समिक्षा अधिकारीले केहि मान्छेले आफ्ना हरेक स्टाटसमाथि नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोस पोखेकी छन् । उनले सामाजिक कमजोरी नदेख्ने, महिलामाथिको अन्याय र विभेद नजान्ने तर एउटी नारीको चरित्रमा प्रश्न गर्ने भन्दै आक्रोस पोखेकी हुन् । ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायिका अधिकारीले आफुमाथि नकारात्मक टिप्पणी गर्नेहरुलाई देशमा साइबर अपराधको कानुन रहेको भन्दै खबरदारी पनि गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्,

    ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ । ’

    पछिल्लो समय गायिका अधिकारीका हरेक पोष्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।


    आइतवार, पौष २४ २०७९०५:३७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij