Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

आज एकैदिन ५ अर्ब ४५ करोडको सेयर कारोबार

आज एकैदिन ५ अर्ब ४५ करोडको सेयर कारोबार

  • आइतवार, पौष २४ २०७९

  • 370
    SHARES

  • आज एकैदिन ५ अर्ब ४५ करोडको सेयर कारोबार

    काठमाडौं । साताको पहिलो दिन आज नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो ।

    २० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ ।

    यसदिन खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ भने झण्डै १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएकोमा छ ।आज बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १० वटा उपसूचक धनात्मक भएका छन् ।


    आइतवार, पौष २४ २०७९०३:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij