काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौं उपत्यकाका ५९७ जनासहित १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ ।
यस्तै, नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।