Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १७ अंकको वुद्धि, २ अर्ब ९६ करोडको सेयर कारोबार

नेप्सेमा १७ अंकको वुद्धि, २ अर्ब ९६ करोडको सेयर कारोबार

  • सोमवार, पौष १८ २०७९

  • 438
    SHARES

  • नेप्सेमा १७ अंकको वुद्धि, २ अर्ब ९६ करोडको सेयर कारोबार

    काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । हिजो १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः आज पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।

    तर, हिजोको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । हिजो ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् ।


    सोमवार, पौष १८ २०७९०३:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij