Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्नु हुँदैन, यदि खेल्यो भने रेडकार्ड पाउँछः ओली

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्नु हुँदैन, यदि खेल्यो भने रेडकार्ड पाउँछः ओली

  • आइतवार, पौष १७ २०७९

  • 516
    SHARES

  • खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्नु हुँदैन, यदि खेल्यो भने रेडकार्ड पाउँछः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उहाँले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने उहाँले बताउनुभयो ।

    दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फउल खेल्नु हुुँदैन’ उहाँले भन्नुभयो, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’

    ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताउनुभयो । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उहाँले भन्नुभयो ।

    समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताउनुभयो ।


    आइतवार, पौष १७ २०७९०५:२५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij