Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सेयर बजार १७ अंकले बढ्यो, कारोबार ४ अर्ब माथि

सेयर बजार १७ अंकले बढ्यो, कारोबार ४ अर्ब माथि

  • आइतवार, पौष १७ २०७९

  • 410
    SHARES

  • सेयर बजार १७ अंकले बढ्यो, कारोबार ४ अर्ब माथि

    काठमाडौं । लामो समयको अन्तरालपछि सेयर बचारमा उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

    नेप्से सूचक भने २०४६.२९ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो ।

    आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।


    आइतवार, पौष १७ २०७९०४:१५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij