Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना परीक्षणका लागि २२ पत्रकारको स्वाब संकलन

कोरोना परीक्षणका लागि २२ पत्रकारको स्वाब संकलन

  • शनिवार, आषाढ २० २०७७

  • 1.4K
    SHARES

  • कोरोना परीक्षणका लागि २२ पत्रकारको स्वाब संकलन

    बाँके जिल्लामा पछिल्लो समयमा आएर कोराना संक्रमितहरु घट्दै गएपछि फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुको परिक्षण शुरु गरिएको छ ।

    कोरोना सङ्क्रमितको खोजी गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा आकस्मिक परिक्षणका साथै फ्रन्टलाइनमा काम गरेकाहरुको परिक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोभिड १९ रोकथामका लागि पत्रकारको भूमिकाका बारेमा शनिबार नेपालगञ्जमा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको कार्यक्रममा २२ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार सङ्क्रमितहरु घट्दै गएपछि अहिले आएर फ्रन्टलाइनमा कारम गरेकाहरुको कोरोना परिक्षण अभियान शुरु गरिएको छ । उहाँले सोही क्रममा अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको परिक्षणलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।

    यसका साथसाथै नेपालगञ्जका विभिन्न स्थानबाट आकस्मिक स्वाब संकलन पनि शुरु गरिएको फोकल पर्सन श्रेष्ठले बताउनु भयो । नेपालगञ्जको ताँगा स्टेशन क्षेत्रबाट शुक्रबार ९८ जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।कोभिड १९ रोकथामका लागि पत्रकारको भूमिकाका बारेमा आयोजना गरिएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायतले हालसम्म जिल्लामा कोरोना विरुद्ध गरिएका गतिविधि र कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।

    बाँकेमा सबैको सहयोगले कोरोनाको संक्रमण रोक्न धेरै हदसम्म सफल भएको उहाँहरुले बताउनु भएको थियो । बाँकेमा हालसम्म ३६३ जनामा कोरोना पुष्टि भएकोमा दुई जनाको मृत्यु भइसकेको र अन्य निको भएर घर फर्किएपछि आइसोलेसनमा अब २३ जनामात्र रहनु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    पछिल्लो समयमा संक्रमितहरु थपिने क्रम घट्दै गएको र निको हुने क्रम बढ्दै गएकोले केही दिन भित्रै बाँके जिल्लालाई कोरोना संक्रमित शुन्य जिल्ला घोषणा गरिने गरि काम भैरहेको सो कार्यालयको भनाइ छ ।


    शनिवार, आषाढ २० २०७७०३:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij