काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमित थपिएका छन् ।
८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो । आज २ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।