Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कम्युनिस्ट सरकारले निष्पक्ष चुनाव गराउला भन्नेमा विश्वस्त हुन सकिन्न’

‘कम्युनिस्ट सरकारले निष्पक्ष चुनाव गराउला भन्नेमा विश्वस्त हुन सकिन्न’

  • शनिवार, भाद्र २७ २०७७

  • 719
    SHARES

  • ‘कम्युनिस्ट सरकारले निष्पक्ष चुनाव गराउला भन्नेमा विश्वस्त हुन सकिन्न’

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले वर्तमान् सरकारले ०७९ मा हुने आम निर्वाचन निष्पक्ष गराउनेमा आफू विश्वस्त नभएको बताउनुभएको छ ।

    सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको वागमती प्रदेशको भर्चुअल बैठकमा बोल्दै सांसद थापाले कम्युनिष्ट सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराउँछ भन्नेमा आफूलाई विश्वास नरहेको बताउनुभएको हो ।

    उहाँले सरकारलाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन बाध्य पार्नेगरी कांग्रेसले काम गर्नुपर्ने पनि बताउनुभयो । त्यसका लागि कांग्रेसले प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

    थापाले आफ्नो पार्टीको नेतृत्वले विभिन्न नियुक्ति र लेनदेनमा सरकारसँगै लसपस गरेको देखिएको आरोपसमेत लगाउनुभएको छ ।

    उहाँले आगामि १४ औं महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउने एजेन्डा रहेको भन्दै यसको एउटै उपाय विधानको पालना गर्नु भएकोमा सभापति देउवा विधानअनुसार चल्ननसकेको बताउनुभयो ।

    ‘सभापतिको विभाग गठनमा देखिएको बलमिच्याइले विश्वास संकट पैदा भएको छ’, उहाँले भन्नुभयो ।

    कोरोनाविरुद्ध लड्ने कुरामा सरकारको असफलतादेखि भ्रष्टचारका काण्डहरुले जनता सरकारसँग निराश भएको भए पनि काग्रेसको भूमिकाप्रति जनता अझै सन्तुष्ट हुन नसकेको उहाँको आरोप छ ।

    उहाँले कांग्रेस पार्टी कुनै बेला सामाजिक अभियानका रुपमा रहेको तर अहिले पार्टीले त्यो स्वरुप गुमाएको पनि बताउनुभएको छ ।


    शनिवार, भाद्र २७ २०७७०६:३१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij