काठमाडौं। आज सेयर बजारमा ५ महिना यताकै उच्च कारोबार भएको छ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ।
आज कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। सोमबार सेयर बजारमा २ अर्ब बराबरको कारोबार भएको थियो।
आज सकारात्मक सर्किट लेभलमा ६ कम्पनीको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ।
जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।