Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ट्राफिक अनुशासन पालना गर्ने गृहमन्त्रीको भनाइ, रातो बत्ती बल्दा रोकिने

ट्राफिक अनुशासन पालना गर्ने गृहमन्त्रीको भनाइ, रातो बत्ती बल्दा रोकिने

  • मंगलवार, पौष १२ २०७९

  • 806
    SHARES

  • ट्राफिक अनुशासन पालना गर्ने गृहमन्त्रीको भनाइ, रातो बत्ती बल्दा रोकिने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडक ट्राफिक अनुशासनको पालना गर्ने हुनुभएको छ । मंगलवार बिहान कार्यालय आउँदा मन्त्री रविले अनुशासनको पालना गर्नुभएको हो ।

    रविको सचिवालयका अनुसार उनले सडकमा रातो बत्ती बल्दा गाडी रोक्ने र ‘लेन क्रस’ नगर्ने अनुशासनबारे सचिवालयलाई निर्देशन गर्नुभएको छ । यसअघिका मन्त्रीले ट्राफिक अनुशासन पालना गर्ने गरेका थिएनन् । भीभीआईपी र भीआईपी भन्दै गाडी चलाउने गरिन्थ्यो ।

    सचिवालय स्रोतले भन्यो, ‘गृहमन्त्रीज्यू हरियो बत्तीमा मात्रै अगाडि बढ्नुहुन्छ, रातो बत्तीमा सबै सर्वसाधारण जस्तै रोकिनुहुन्छ । लेन क्रस हुने गरी ओभरटेक पनि गर्नुहुन्न ।’


    मंगलवार, पौष १२ २०७९०२:०३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij