Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई फोनमार्फत देउवाले भने- शपथग्रहणमा आउँदिनँ

प्रचण्डलाई फोनमार्फत देउवाले भने- शपथग्रहणमा आउँदिनँ

  • सोमवार, पौष ११ २०७९

  • 1.9K
    SHARES

  • प्रचण्डलाई फोनमार्फत देउवाले भने- शपथग्रहणमा आउँदिनँ

    काठमाडौं । निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने जानकारी गराउनुभएको छ ।

    आज प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराउनुभएको हो । सो वार्तामा प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गर्नुभएको थियो । देउवाले भने यसअघि पनि आउटगोइङ प्रधानमन्त्री शपथग्रहणमा नआएको नजिर दिँदै नआउने बताउनुभएको थियो ।

    यद्यपि देउवालाई उनीनिकट कतिपय नेताहरूले पनि शपथग्रहणमा गएर राजनीतिक संस्कार देखाउन आग्रह गरेका छन् ।


    सोमवार, पौष ११ २०७९०४:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij