Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाको बिच नेप्से ५७ अंकले बढ्यो

विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाको बिच नेप्से ५७ अंकले बढ्यो

  • सोमवार, पौष ११ २०७९

  • 529
    SHARES

  • विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाको बिच नेप्से ५७ अंकले बढ्यो

    काठमाडौं । पछिल्ला दिनहरूमा नियमित उतारचढाव देखिएको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५६।८६ अंक वृद्धि भएको छ । विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री हुने हल्ला चलेसँगै आज दिन भरी नै परिसूचक उकालो लागेको हो ।

    पौडेल यसअघि पहिलोपटक अर्थमन्त्री हुँदा २०७३ साउन १२ गते नेप्से परिसूचक १८८१ विन्दु उच्च विन्दुमा पुगेको थियो । त्यसपछि नेप्से घटेर ११ सय विन्दुमा झरेको थियो । आज दुई अर्ब ९ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    आज गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    आज ‘अन्य’ समूहबाहेक बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वित्त समूहको भएको छ । यो समूहको परिसूचक ६।५२ प्रतिशत वृद्धि भएको छ ।


    सोमवार, पौष ११ २०७९०३:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij