Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री दाबी गर्न प्रचण्ड शीतल निवासमा

प्रधानमन्त्री दाबी गर्न प्रचण्ड शीतल निवासमा

  • आइतवार, पौष १० २०७९

  • 996
    SHARES

  • प्रधानमन्त्री दाबी गर्न प्रचण्ड शीतल निवासमा
    काठमाडौं । प्रधानमन्त्रीको दाबी गर्न दलहरूको सहमति लिएर नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवास पुग्नुभएको छ।
     
    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार(आज)साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा सकिनै लाग्दा ओली र दाहाल शीतल निवास पुग्नुभएको हो ।
     
    आज दिउँसो ओली निवास बालकोटमा बसेको नयाँ गठबन्धन दलहरूको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष दाहाललाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने बताइएको छ ।
     
    यसका लागि एमाले र माओवादीसहित विभिन्न सात दलको सहमति छ । जसअनुसार संसद्मा १६६ सांसदहरूले दाहालको नेतृत्वको सरकारलाई समर्थन जनाउने छन् । आज बालकोट बैठकको सहमति अनुसार नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ सांसदले एमाले-माओवादीसहितको नयाँ गठबन्धनलाई साथ दिनेछन् ।


    आइतवार, पौष १० २०७९०५:०६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij