Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अन्ततः बालकोटको बार्दलीमा ओलीसँगै प्रचण्ड (तस्बिरहरू)

अन्ततः बालकोटको बार्दलीमा ओलीसँगै प्रचण्ड (तस्बिरहरू)

  • आइतवार, पौष १० २०७९

  • 1.5K
    SHARES

  • अन्ततः बालकोटको बार्दलीमा ओलीसँगै प्रचण्ड (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार विघटनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना अभिव्यक्तिमा भनिरहन्थे– ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइयो।

    ओलीलाई बालकोट पुर्याउने तिनै प्रचण्ड आज बालकोट पुगे। त्यही बालकोटबाट उहाँले आफूलाई प्रधानमन्त्रीका रुपमा सहमति जुटाए। यसअघि ओलीलाई लखेटेर बार्दली पुर्याएको बिम्व बनेको थियो।

    त्यो अहिले फेरिएको छ र बालकोटबाट प्रचण्डले ओलीसँग दुई वर्षअघि मागेको प्रधानमन्त्रीको हिसाब रफादफा गरेका छन्। त्यसपछि दुवै जनाले ओली निवासको त्यही बार्दलीबाट हात हल्लाएका छन्।

    यसअघि एउटै पार्टीका दुई अध्यक्षका रुपमा सहयात्रा गरेका उनीहरू यसपल्ट छुट्टा–छुट्टै दलसहित सरकारमा सहयात्रा गर्दैछन्।

    हेर्नुस् तस्बिरहरूः

    2.jpg

    1.jpg

    3.png


    आइतवार, पौष १० २०७९०४:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij