Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि भएको छैन,जोखिम रहेकाले सतर्क रहनूः स्वास्थ्य मन्त्रालय

कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि भएको छैन,जोखिम रहेकाले सतर्क रहनूः स्वास्थ्य मन्त्रालय

  • शनिवार, पौष ९ २०७९

  • 675
    SHARES

  • कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि भएको छैन,जोखिम रहेकाले सतर्क रहनूः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

    छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।


    शनिवार, पौष ९ २०७९०३:२८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij