Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम

पश्चिमी हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो
  • शुक्रवार, पौष ८ २०७९

  • 783
    SHARES

  • देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम
    काठमाडौं । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
     
    शुक्रबार(आज) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले दैनिक जीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । 
     
    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
    भोलि शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
    पुस १० गते आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । राति हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    शुक्रवार, पौष ८ २०७९०६:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij