Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदीप पौडेलको समर्थन गगन थापालाई

प्रदीप पौडेलको समर्थन गगन थापालाई

  • मंगलवार, पौष ५ २०७९

  • 821
    SHARES

  • प्रदीप पौडेलको समर्थन गगन थापालाई

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुल्नुभएको छ । उहाँ नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बन्नुभएको छ ।

    कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उहाँलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उहाँ मौन हुनुहुन्थो ।

    संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उहाँ शेखर कोइराला र गगन थापाको पक्षमा खुख्नुभएको हो ।

    थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गर्नुभएको छ । कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

    पौडेले पनि खुलेपछि उहाँलाई पनि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।


    मंगलवार, पौष ५ २०७९०२:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij