काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३०५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३० रहेको मन्त्रालयले जनाएको छ ।