Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्ला ६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको मृत्यु, ५४ हजार संक्रमित

पछिल्ला ६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको मृत्यु, ५४ हजार संक्रमित

  • आइतवार, मंसिर २५ २०७९

  • 418
    SHARES

  • पछिल्ला ६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको मृत्यु, ५४ हजार संक्रमित

    काठमाडौं । नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जुलाईयता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् । यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’ देखिए पनि जुलाईयता भने संक्रमणले उच्च रूप लिएको थियो ।

    ६ महिनामध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जनामा डेंगी पहिचान भएको थियो । अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा चार हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगी पुष्टि भएको छ ।

    योसँगै यो वर्ष डेंगी संक्रमितको संख्या ५४ हजार २३२ पुगेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार यो ६ महिनामा डेंगी संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।


    आइतवार, मंसिर २५ २०७९०३:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij