काठमाडौं । कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहा सदरमुकामस्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमि सबै पुरुष हुन् । केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताउनुभयो ।