Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चलचित्र विकास बोर्डले भन्यो- फिल्म हलमा फुटबल प्रसारण गर्न पाइँदैन, कारवाही हुन्छ

चलचित्र विकास बोर्डले भन्यो- फिल्म हलमा फुटबल प्रसारण गर्न पाइँदैन, कारवाही हुन्छ

  • शुक्रवार, मंसिर २३ २०७९

  • 735
    SHARES

  • चलचित्र विकास बोर्डले भन्यो- फिल्म हलमा फुटबल प्रसारण गर्न पाइँदैन, कारवाही हुन्छ

    काठमाडौं । केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ ।

    बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिनुभएको छ ।

    ‘‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ विज्ञप्तिमा भनिएको छ ।

    बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।


    शुक्रवार, मंसिर २३ २०७९०३:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij