Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विभिन्न माग राख्दै सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला

विभिन्न माग राख्दै सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला

  • बुधवार, मंसिर २१ २०७९

  • 591
    SHARES

  • विभिन्न माग राख्दै सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला
    काठमाडौं । परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राखी तीन विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको भक्तपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
     
    सीटीईभीटीले समयमा नै नजिता सार्वजनिक नगर्दा विद्यार्थी रोजगारी र उच्चशिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको विद्यार्थी नेताहरूको गुनासो छ ।
     
    सत्तारुढ नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ । सीटीईभीटीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनले जनाएका छन् ।
     
    विद्यार्थीले गुणस्तर प्राविधिक शिक्षाका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्ने माग समेत गरेका छन् । सरकारी कलेजलाई प्राथमिकता दिएर सम्बन्धन वितरण गर्नुपर्ने, सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई विशेष व्यवस्था गरेर रोजगारीको अवसर दिने वातावरण बनाउनुपर्ने माग अघि सारिएको छ ।
     
    सीटीईभीटीले हचुवाका भरमा शैक्षिक संस्थाहरूको स्तर वृद्धि गरेको आरोप समेत विद्यार्थीले लगाएका छन् । ‘हचुवाको भरमा अपग्रेडिङ भएको हुँदा अनुगमनको मापदण्डको आधार लागू गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सम्बन्धन वितरण आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा नभई मापदण्डको आधारमा हुनुपर्छ ।’
     
    सीटीईभीटीले निवेदन दिएर बसेका कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि पुरनबहादुर रोकाया, अनेरास्ववियु क्रान्तिकारीका वीरेन्द्र विष्ट र अनेरास्ववियुका हर्क बमले माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी जारी रहने बताएका छन् ।


    बुधवार, मंसिर २१ २०७९०५:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij