Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जबराविरुद्धको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने

जबराविरुद्धको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने

  • बुधवार, मंसिर २१ २०७९

  • 435
    SHARES

  • जबराविरुद्धको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने
    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
     
    महासचिव गौतमले बुधबार(आज) बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एसोसिएसनले आज रिट दायर गरेको हो ।
     
    रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ ।
     
    भोलि सार्वजनिक बिदा परेकाले पर्सी शुक्रबारका लागि पेसी तोकिएको हो । रिटमा अन्तरिम आदेशमार्फत महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गरिएको छ ।


    बुधवार, मंसिर २१ २०७९०५:३८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij