Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइँने, के-के भए अन्य निर्णय ?

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइँने, के-के भए अन्य निर्णय ?

  • बुधवार, भाद्र २४ २०७७

  • 1.7K
    SHARES

  • उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइँने, के-के भए अन्य निर्णय ?

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ ।

    गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुले नयाँ आदेश जारी गरेका हुन् ।

    काठमाडौंका पजिअ जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताउनुभयो ।

    अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने र सामाजिक दूरी कायम गर्ने र गराउने विषय सबैको दायित्व रहेको उहाँको भनाई छ ।

    कुन–कुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।

    निजी सबै र सार्वजनिकको हकमा १६ भन्दा बढी सिट भएका सवारी साधन जोर–विजोर प्रणालीमा चल्नेछ ।

     


    बुधवार, भाद्र २४ २०७७०६:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij