Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको समीक्षा गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै

निर्वाचनको समीक्षा गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै

  • सोमवार, मंसिर १९ २०७९

  • 672
    SHARES

  • निर्वाचनको समीक्षा गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै
    काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सोमबार(आज) बस्दै छ । 
     
    बैठक दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बताइएको छ ।  बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । 
     
    यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 
     
    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । 
     


    सोमवार, मंसिर १९ २०७९०६:५६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij