Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक भोलि बस्ने

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक भोलि बस्ने

  • आइतवार, मंसिर १८ २०७९

  • 729
    SHARES

  • निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक भोलि बस्ने

    काठमाडौं । आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार (भोलि) दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

    माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिनुभयो ।

    गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्त्वपूर्ण पदहरूमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

    मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ ।


    आइतवार, मंसिर १८ २०७९०६:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij