Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा डिस्पोज

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा डिस्पोज

  • आइतवार, मंसिर १८ २०७९

  • 648
    SHARES

  • गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा डिस्पोज

    काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

    आज बिहान बास्कोटाको घर परिसरमा देखिएको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

    सेनाले उक्त वस्तुलाई निष्क्रिय पारेको भक्तपुर प्रहरीले जनाएको छ । तर, उक्त वस्तु के थियो भन्नेबारे सेनाको ल्याब परीक्षणपछि मात्र थाहा हुने भक्तपुर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक डीएसपी राजु पाण्डेले जानकारी दिनुभयो।

    यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव निकट तीन जनालाई पक्राउ गरेको थियो ।


    आइतवार, मंसिर १८ २०७९०२:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij