काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । पछिल्लो २४ घण्टामा देशभर २१ जना संक्रमणमुक्त्त भएका छन् ।