Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

  • बिहिवार, मंसिर १५ २०७९

  • 343
    SHARES

  • अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउनुभएको छ ।

    आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अहिले अर्थतन्त्रले केही चुनौतीको सामना गरिरहेको भन्दैमा यसलाई संकट भन्न नमिल्ने दावी गर्नुभयो ।

    मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न आग्रह गर्दै उहाँले नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको तर्क गर्नुभयो ।

    नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै उहाँले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने भन्दैअब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने बताउनुभयो ।


    बिहिवार, मंसिर १५ २०७९०२:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij