Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीको भाषण : सत्तागठबन्धनलाई धारे हात, रवि लामिछानेमाथि आरोप, सुकुम्बासीलाई सहानुभूति

ओलीको भाषण : सत्तागठबन्धनलाई धारे हात, रवि लामिछानेमाथि आरोप, सुकुम्बासीलाई सहानुभूति

  • मंगलवार, मंसिर १३ २०७९

  • 606
    SHARES

  • ओलीको भाषण : सत्तागठबन्धनलाई धारे हात, रवि लामिछानेमाथि आरोप, सुकुम्बासीलाई सहानुभूति

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाउनुभएको छ ।

    मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उहाँले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

    उहाँले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताउनुभयो । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताउनुभयो । चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गर्नुभयो। गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गर्नुभयो ।

    ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गर्नुभएको छ। उहाँले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गर्नुभयो।

    यता ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गर्नुभएको छ । ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताउनुभयो । ​ओलीले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनीहरूले केही नबिगारेको टिप्पणी गर्नुभयो ।

     


    मंगलवार, मंसिर १३ २०७९०४:४१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij