Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसुचकमा सामान्य वृद्धि, कारोबार भने अर्ब तल

नेप्से परिसुचकमा सामान्य वृद्धि, कारोबार भने अर्ब तल

  • मंगलवार, मंसिर १३ २०७९

  • 377
    SHARES

  • नेप्से परिसुचकमा सामान्य वृद्धि, कारोबार भने अर्ब तल

    काठमाडौं । आज सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । हिजो १५ अंकले घटेको बजारमा आज २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । नेप्सेमा सामान्य वृद्धि देखिएपनि कारोबार भने अर्ब तल झर्न पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक घटेका छन् ।


    मंगलवार, मंसिर १३ २०७९०३:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij