Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्ब नाघ्यो

नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्ब नाघ्यो

  • आइतवार, मंसिर ११ २०७९

  • 383
    SHARES

  • नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्ब नाघ्यो

    काठमाडौं । आज नेप्सेमा ३२ अंकमाथिको सुधार हुँदा कारोबार रकम बढेर २ अर्ब नाघेको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

    सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। लघुवित्त समूहमा सबैभन्दा उच्च १ सय ५० अंक अर्थात् ३ प्रतिशत बढीको बृद्धि आयो भने उत्पादनमूलक समूहमा पनि सय अंक बढीको सुधार भयो ।

    जीवन बीमा समूह पनि एक सय अंक बरारबले सुधारियो । अरु पनि अधिकांश समूह दोहोरो अंकले उक्लिए । नेपाल स्टक एक्सचेन्जमा २ सय ३३ कम्पनीको ४२ लाख बढी कित्ता शेयर २ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

    यसमध्ये १ सय ६९ कम्पनीको मूल्य बढ्दा जम्मा २० को घटेको पनि नेप्सेले जनाएको छ। यस दिन डिप्रक्स लघुवित्त, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत हाराहारीमा कमाए ।


    आइतवार, मंसिर ११ २०७९०४:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij