Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन : अबको लक्ष्य प्रधानमन्त्री : न सम्झौता, न समर्पण

गगन : अबको लक्ष्य प्रधानमन्त्री : न सम्झौता, न समर्पण

  • मंगलवार, मंसिर ६ २०७९

  • 1.2K
    SHARES

  • गगन : अबको लक्ष्य प्रधानमन्त्री : न सम्झौता, न समर्पण

    राजन कुँइकेल

    बधाई गगनजी, काठमाडौं–४ मा ह्याट्रिक जीत निकाल्न सफल भएकोमा । यो जीत आजको पुस्ताको प्रतिबिम्ब हो । आवाज, आशा र विश्वास हो । त्यही विश्वासले विद्रोहको राँको बोक्नेहरु पनि तिमीतिर एक पटक टक्क अडिएर फर्किएका छन् ।

    तिमीलाई थाहा छ, आजको नेपालको मूल समस्या–दण्डहीनता हो । भ्रष्टाचारले जर्जर भएको राज्य संयन्त्र (भनिरहन नपर्ला राजनीतिक दलसमेत) हो । प्रत्येक नेपालीमा गुम्दै गएको आत्मविश्वास हो । जसले संघर्ष होइन, पलायन रोज्दैछ । आजको देश, देश हाँक्ने नेता, राज्य संयन्त्र चलाउने स्थायी सरकार÷कर्मचारी प्रशासन, निजी क्षेत्र कसैप्रति पनि भरोसा गर्न सक्दैन ।

    हामी त्यही पुस्ताका हौं, जो पञ्चायतको कालरात्रि तोड्न बालमष्तिस्कमा कफन बाँधेर सडकमा ओर्लिएका थियौं । पम्फादेवी ठकुरानीले स्वीस बैंकमा जम्मा गरेको अर्बौं डलर नेपाल ल्याएर देश र देशवासीलाई धनी बनाउने बहुदलीहरुको बाचाको रोमाञ्चकतामा पञ्चहरुको कठोर फलामे जञ्जिरे बारलाई तोडेर स्वतन्त्रताको खोजीमा बेपर्वाह हाम्फालेका थियौं ।

    यी बाचा देखाउनेहरु दिग्भ्रमित हुँदा त्यही बेला मच्चाइएको व्यक्तिहत्याको दुन्दूभीले एउटा युगलाई नै सन्त्रस्त बनायो । कति बाँचे, कति सत्ता र शक्तिका लागि भौतारिएकाहरुको सनकमा सिध्याइए । तीन दशकको यो अन्तरालमा आज फर्केर हेर्दा ती सपना के झूठा थिए ?

    मैले आदर्श मानेका राजनेताहरु कसरी नैतिक मूल्यसमेतमा मेरा आँखा अगाडी स्खलित बनेर गए १ जसलाई आदर्शवादी सम्झेर मेरा सम्पूर्ण सपना, यौवन र जीवन समर्पण गरेँ के आजका दिनमा तिनले हामीप्रति न्याय र इमान देखाउन सके रु जसले स्वीस बैंकमा थुपारेको पम्फादेवीको धन ल्याएर नेपालीको गरीबी मेटाउने सपना देखायो, आज ति, तिनका सन्तान र आसेपासेको जीवनशैली कस्तो छ ?

    तिनको उठबस र हेलमेल कुन वर्ग र स्रोतसँग छ रु अनि आज, त्यही स्वीस बैंकमा कालाधन थुपार्नेहरु को छन् ? के हाम्रो जीवनकालमा यो तथ्य प्रकाशमा ल्याउन सक्छौं ?

    अरु केही गर्न नसके पनि गौंडा गौंडामा अकूत सम्पत्ति सोहोर्न अड्डा जमाएर बसेका मठाधीशहरुको चेहेरा आमजनताका बीचमा खुइल्याउन सक्ने क्षमता तिम्रो शासनकालले राख्न सक्छ ? पैसाको बलमा राजनीतिज्ञ, कर्मचारी प्रशासन र राज्यका निकायहरुलाई खल्तीमा बोकेर साँढेझै मैमत्त नाचिरहेको बिचौलियालाई नङ्याउन सक्छ ? निरीह नागरिकको अन्तिम आशा मानिने न्यायालयको दैलोमा पैसाको बोरा नफुकाएसम्म न्याय नपाउने वर्तमान, तीतो बिगतमा परिणत गराउन सक्छौं ?

    जसरी ६० वर्ष पुगेपछि राजनीतिको मूलमार्गबाट पाखा लाग्ने प्रशंसनीय बाचा तिमीले गरेका छौं, तिम्रा साना छोरी र अरु भुईंमान्छेका छोरीहरुले अबको दशकपछि यो देशका राजनीतिज्ञ, कर्मचारीतन्त्र, साहूमहाजनलाई धारे हात लगाउँदै विदेशिने बाध्यता तोडेर गर्व गर्न लायक नेपाल पाउन सक्नेछन् ? एउटी बालिका झोलुङगोमै बलात्कृत भई मृत्युवरण गर्न नपर्ने, किशोरी र महिलाहरु निर्धक्क हिड्न, बोल्न र नेतृत्वमा पुग्नसक्ने हुनेछन् ?

    हो, समयको यो कुईंनेटोमा उभिएको म, तिमी र तिमीजस्ताहरुबाट यस्तै नेपालको कामना गरिरहेछु, र हेर्न चाहन्छु यी बाचा पूरा गर्न प्रतिवद्ध मेरो पुस्ताको प्रधानमन्त्री १ सम्पूर्ण शुभकामना गगन तिमीलाई !!

     


    मंगलवार, मंसिर ६ २०७९०६:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij