काठमाडौं । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञा अवधिभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
महासंघले आज विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारेको छ । महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने बताएको छ ।