काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ।
सोमबार(आज) दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाउनुभएको छ । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।
यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित हुनुभएको थियो ।