Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साक्षर नेपाल अभियान सफल पार्न प्रधानमन्त्री ओलीको आग्रह

साक्षर नेपाल अभियान सफल पार्न प्रधानमन्त्री ओलीको आग्रह

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.2K
    SHARES

  • साक्षर नेपाल अभियान सफल पार्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मिलेर साक्षर नेपाल अभियान सफल पार्न आग्रह गर्नुभएको छ । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गर्नुभएको हो ।

    हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ ।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ–हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौँ, ’प्रधानमन्त्रीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

    आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईदैछ । नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

    राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

     

     

     


    मंगलवार, भाद्र २३ २०७७१०:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij