काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७७८ पीसीआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन । चौबीस घण्टामा थप १७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४४४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।