Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

बैंकमा एकैदिन १६ अर्ब नयाँ निक्षेप थपियो

बैंकमा एकैदिन १६ अर्ब नयाँ निक्षेप थपियो

  • शुक्रवार, मंसिर २ २०७९

  • 514
    SHARES

  • बैंकमा एकैदिन १६ अर्ब नयाँ निक्षेप थपियो

    काठमाडौं । चुनावको बेला हुने खर्चले अर्थतन्त्र चलायमान बनाउने र आर्थिक वृद्धिदरमा समेत टेवा दिने गरेको विगतका चुनावमा भएको आर्थिक वृद्धिले देखाउँछ । यसको एउटा सूचक बैंकमा नयाँ निक्षेप थपिनु हो ।

    बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब रूपैयाँ आएको छ । मंगलबारसम्म ५१ खर्ब ६८ अर्ब निक्षेप रहेकोमा बुधबार १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब पुगेको छ ।

    वाणिज्य बैंकमा मात्रै १३ अर्ब थिपएको हो । अन्य बैंक तथा वित्तिय संस्थामा भने ३ अर्ब थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । यता कर्जा प्रवाह भने १ अर्ब रूपैयाँ मात्र भएको देखिन्छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने भएको छैन । यता अन्तर बैंक ब्याजदर पनि बढेको देखिन्छ । मंगलबार ८.४६ प्रतिशत अन्तरबैंक ब्याजदर रहेकोमा बुधबार ८.५० प्रतिशत पुगेको छ ।

    एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको ब्याजदर अन्तरबैंक ब्याजदर साढे ८ प्रतिशतभन्दा माथि नजाने र नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल बताउँछन् । पोखरेलका अनुसार साढे ८ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले नै स्थायी तरलता सुविधा दिने भएकाले बैंकहरू सो भन्दा माथि जाँदैनन् ।

    राष्ट्र बैंकका अनुसार सीडी रेसीयो ८६।८५ प्रतिशत छ । मंगलबार ८७।०९ प्रतिशत थियो ।


    शुक्रवार, मंसिर २ २०७९०२:००:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij