Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बुद्ध एयरले अब सुर्खेतमा पनि दैनिक उडान भर्ने, सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५००

बुद्ध एयरले अब सुर्खेतमा पनि दैनिक उडान भर्ने, सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५००

  • बुधवार, कार्तिक ३० २०७९

  • 1.7K
    SHARES

  • बुद्ध एयरले अब सुर्खेतमा पनि दैनिक उडान भर्ने, सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५००

    काठमाडौं । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।

    बुद्ध एयरले नियमित नेपालगञ्जकै उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको हो। परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ। ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५०० हुने बुद्ध एयरले जनाएको छ।

    अहिले सुर्खेत–काठमाडौंको भाडा ९ हजार देखि ११ हजार सम्म रहेको छ।

    सन् २०१३ फेब्रुअरी १ देखि १८ सिट क्षमताको जहाजबीच क्राफ्ट १९०० डी बाट सुर्खेत उडान सुरु गरेको जहाजले विगत पाँच वर्षयता ४७ सिट क्षमताको जहाज एटीआर ४२ मार्फत हाल उडान जारी राखेको छ । ७२ सिट क्षमताको जहाजको सुर्खेत परीक्षण उडान रिपोर्ट अनुकूल आए दैनिक दुईवटा उडान सञ्चालन गर्ने योजना बुद्ध एअरले बनाएको छ।


    बुधवार, कार्तिक ३० २०७९०२:४९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij