Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से ६.५९ अंकले घट्यो

नेप्से ६.५९ अंकले घट्यो

  • मंगलवार, कार्तिक २९ २०७९

  • 385
    SHARES

  • नेप्से ६.५९ अंकले घट्यो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।

    आज बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । हिजो करिब ९५ करोडको कारोबार भएको बजारमा आज २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ ।

    त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

     


    मंगलवार, कार्तिक २९ २०७९०३:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij